शैल्यशिखर-१ को बारिल जोड्ने सडक अबरुद्ध, ३ घर पहिरोको जोखिममा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ को बारिल गाउँ जोड्ने सडक अवरुद्ध भएको छ ।

शैल्यशिखर नगरपालिकाले वडा नम्बर १ को टुणी क्षेत्रमा सडक निर्माण गरिरहेकाले बारिल गाउँ जोड्ने सडक तथा बाटो अबरुद्ध भएको लटिनाथ आधारभूत विद्यालय बारिलका प्रध्यानाध्यापक सुरेन्द्र तितराले जानकारी दिनुभयो । सडक र बाटोमाथी अर्को सडक निर्माण कार्य भइरहदा माथिबाट ढुंगा खस्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

त्यस्तै मल्लाबाँज क्षेत्रमा ३ वटा घरहरु पहिराको उच्च जोखिममा रहेका छन् । यस विषयमा वडा नम्बर १ का वडा अध्यक्ष भरत बहादुर खडायतलाई बुझदा उक्त बस्तीको माथिल्लो क्षेत्रमा सडक निर्माण भइरहेको र सडक अबरुद्ध भएको जानकारी प्राप्त नभएको बताउनुभएको छ । जोखिम रहेको क्षेत्रमा निर्माण व्यवसायीसंग छलफल गरेर चाडैँ समस्या समाधान गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?