साउन ५ गतेबाट भारतसंग जोडिएका दार्चुला र बैतडीका सीमा नाका ७२ घन्टा बन्द हुने

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते हुने पञ्चायत निर्वाचनको सुरक्षाको लागी दार्चुला र बैतडीका सीमा नाकाहरु ७२ घन्टाको लागि बन्द गरिने भएका छन् ।

भारतको पिथौरागढ जिल्लामा हिजो सम्पन्न नेपाल भारत समन्वय बैठकममा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ७२ घन्टाको लागी साउन ५ गते बेलुकीदेखी साउन ९ गते बिहानसम्म सीमानाका बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?