भारतको पिथौरागढमा अन्तरदेशीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

दार्चुला । भारतको पिथौरागढमा अन्तरदेशीय सीमा सुरक्षा समन्वय बैठक मंगलवार (हिजो) सम्पन्न भएको छ ।

बैठकमा नेपालकातर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल नेतृत्वको टोली र भारतकातर्फबाट पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामी नेतृत्वको टोलीको सहभागिता रहेको थियो ।

बैठकमा बैतडी र दार्चुलाका सुरक्षा निकायका प्रमुख र पिथौरागढ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशले मिलेर अघि बढ्ने सहमति भएको छ । यस्तै भारतसंग जोडिएका सीमा नाकामा दुवै देशका नागरिकको आवतजावतलाई अझै सरल बनाउने बिषयमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

यस्तै सीमा नाकाबाट हुन सक्ने अवैध चोरी निकासी, मानव बेचबिखन लगायतका आपराधिक गतिविधि रोक्नका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले मिलेर काम गर्ने निर्णय समेत भएको छ ।

यस्तै सीमा क्षेत्रमा लागू औषध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने बिषयमा पनि बैठकमा छलफल भएको छ । सीमावर्ती भारतीय बजारमा लागू औषध सेवन गरेर नेपाली युवाहरु कुलतमा फसिरहेको बिषयमा छलफल भएको र त्यसलाई नियन्त्रणका लागि दुवै देशले सहकार्य गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?