२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै

दार्चुला । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक श्रीलङ्कासँग छ । खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ ले पराजित भयो । अबका चार खेलहरू बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन् । अस्ति मङ्गलवार ठूलो वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।

प्रतियोगितामा बङ्गलादेश ३ खेलमा ९ अङ्कसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अङ्कसहित नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब पर्सि साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?