दार्चुला प्रशासनले उठायो साढे ८३ लाख राजस्व

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८१/०८२ मा ८३ लाख बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ८३ लाख ५१ हजार १ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन धामीले जानकारी दिनुभयो । कार्यालयले वर्षभरी विभिन्न शिर्षकहरुबाट उक्त रकम संकलन गरेको कार्यालयका खरिदार दिपक धामीले बताउनुभयो ।

जसअनुसार परिक्षाुल्कमार्फत १० हजार ६ सय, राहधानीशुल्कमार्फत ६६ लाख २७ हजार ५ सय प्रशासनिक सेवा शुल्कमार्फत ९ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको खरिदार धामीले बताउनुभयो । त्यस्तै कम्पनी रजिष्ट्रेशन दस्तुरमार्फत ८८ हजार ४ सय ५० रुपैयाँ, हातहतियारको इजाजतपत्र दस्तुरबाट ४ लाख ४६ हजार २ सय ७५ रुपैयाँ, न्यायीकदण्ड,जरिवाना र जफतबाट ४ लाख ४ हजार ५ सय २३ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

कार्यालयले प्रशासनिक दण्ड,जरिवाना र जफतबाट ६९ हजार ९ सय ६० रुपैयाँ र धरौटी सदरस्याहाबाट ६ लाख ९४ हजार ६ सय ३८ रुपैयाँ गरी कुल ८३ लाख ५१ हजार १ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?