महाकाली-४ को लास्कुखोला अस्थायी पुलको संरक्षण गर्दै सुरक्षाकर्मी

दार्चुला । वर्षासँगै लास्कुखोलामा पानीको बहाव तीव्र रूपमा बढेपछि जोखिममा रहेको लास्कुखोला फलामे पुलको संरक्षणमा सुरक्षाकर्मी जुटेका छन् ।

महाकाली नगरपालिका वडा नम्बर १ र ४ जोड्ने लास्कुखोला पुल वरिपरि ग्याल्बिन तार लगाएर पुलको संरक्षण गरिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा गएका सुरक्षाकर्मीहरूले पुल संरक्षण गरेका हुन् । पुलको स्थानीय तह र जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सक्रिय सहभागितामा नदिले पुल जोखिमबाट रोक्ने काम गरिएको छ ।

सोही पुलबाट दुवै वडाका बासिन्दाका साथै दुहु र व्याँस गाउँपालिकाका नागरिक आवतजावत गर्ने गर्छन् । वर्षातको समयमा खोलाको बहाव बढ्दा पुलमा क्षति पुग्ने सम्भावना रहेको भन्दै समयमै संरक्षण गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?