दार्चुला । डडेल्धुराकी एक महिलाको श्रीमानको हँसिया प्रहारबाट मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डिलका ५४ वर्षीय करन भुलले श्रीमतीको हत्या गरेका हुन्। भुलको हँसिया प्रहारबाट ४० वर्षीया खिमादेवी भुलको मृत्यु भएको प्रहरीले बताएको छ। डडेल्धुरा प्रहरीले करनलाई शुक्रवार बिहान पक्राउ गरेको छ। उनले बिहिवार राति श्रीमतीको हँसिया प्रहार गरेर हत्या गरेका थिए।




