दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर बहुमुखी क्याम्पसले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।
शनिबारबाट शिक्षक अध्यापन अनुमति पत्रको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरि निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको स्ववियु गोकुलेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुनिल डाँगाले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका प्रशिक्षार्थी र क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लक्षित गरि कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । अध्यापन अनुमति पत्रको कोर्ष सम्पन्न नभए सम्म निःशुल्क रुपमा कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।
इच्छुक जो सुकैले पनि निःशुल्क रुपमा तयारी कक्षामा सहभागि हुन सक्ने अध्यक्ष डाँगाले बताउनुभयो । हिजो देखि सञ्चालन भइरहेको तयारी कक्षामा क्याम्पसमा अध्यनरत विद्यार्थीका साथै अन्य गरि ६५ जना प्रशिक्षार्थी सहभागि छन् ।
निःशुल्क सञ्चालन भइरहेको तयारी कक्षामा क्याम्पसका उपप्राध्यापक र अन्य विषय विज्ञ प्रशिक्षकले प्रशिक्षण गराइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया