बैतडीको दोगडाकेदारमा प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशी हाजिर

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका घर भएका नरेशराज जोशी दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनुभएको हो ।

जोशीलाई केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमबार गाउँपालिकामा स्वागत गरिएको छ । गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?