२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

दार्चुला । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।

अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् । भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।

यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बङ्गलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ ।

बङ्गलादेश ६ खेलमा सबै जितेर १८ अङ्कसहित च्याम्पियन बन्यो । ६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अङ्कसहित दोस्रो बनेको छ ।

नेपालले बङ्गलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो । बङ्गलादेशसँग हारे पनि नेपालले श्रीलङ्का र भूटानविरुद्ध सानदार जीत निकालेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?