साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दार्चुला । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतवार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो।

म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?