नेपाल एथलेटिक्स संघ दार्चुलाको अध्यक्षमा ओमकार पाल निर्वाचित (पदाधिकारीको सूचीसहित)

दार्चुला । नेपाल एथलेटिक्स संघ दार्चुलाको अध्यक्षमा ओमकार पाल निर्वाचित हुनुभएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खलंगामा सम्पन्न नेपाल एथलेटिक्स संघ दार्चुलाको तेस्रो जिल्ला अधिवेसनबाट पाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कृष्ण स्नातक क्याम्पस लालीको स्ववियु अध्यक्ष समेत रहनुभएका पालको अध्यक्षतामा चयन भएको जिल्ला समितिको उपाध्यक्ष गौरब चुनारा, कोषाध्यक्ष गगनसिंह धामी, सचिव दानसिंह कार्की, सदस्यहरुमा करनसिंह धामी, धनमाया महता, दुर्गा महरा, अनुज पार्की, यशोदा चन्द, रोहित टमटा, लोकेन्द्र ओड, नविन पार्की चयन हुनुभएको छ ।

नेपाल एथलेटिक्स संघ दार्चुलाका निवर्तमान अध्यक्ष दानसिंह कार्कीको अध्यक्षतामा आयोजित अधिवेसनमा जिल्ला खेलकुल विकास समिति अध्यक्ष मानसिंह बुढाथोकीको प्रमुख आतिथ्यता र खेलाडी तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?