जिल्ला प्रहरी कार्यालय दार्चुलामा गत आर्थिक वर्षमा १४९ मुद्धा दर्ता

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक वर्षको अवधिमा १४९ वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १४९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । यस अवधिमा सबैभन्दा बढि अभद्र व्यहारका ३६ वटा मुद्धा दर्ता भएको उहाँले बताउनुभयो ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार अभद्र व्यहारपछि भबितव्य ज्यानका २९ मुद्धा दर्ता भएका छन् । त्यस्तै झुण्डिएर आत्महत्याका १९, लागु औषध सम्बन्धीका १२ र फुटकर ज्यानका ७ वटा मुद्धा दर्ता भएका छन् ।

त्यस्तै नकवजनी तथा अन्य चोरीका ४ वटा, कर्तव्य ज्यान सम्बधी १, कुटपिट १, बहु विवाहका ४, जबर्जस्ती करणीका ४, जबर्जस्ती करणी उद्योगका ५, जुवा तास सम्बन्धीका ४ सवारी ज्यानका ४ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै गत आर्थिक बर्षमा बैंकिङ कसुरका ४, लिखत (कागजात किर्ते) का २, ठगीको १, सवारी भवितव्यका २, अपराधिक उपद्रो १, ज्यान मार्ने उद्योग १, मानव बेचबिखनका २, व्यक्ति बेपत्ताको १, गोली हानी आत्महत्या १, हामफाली आत्महत्या १, बालयौन दुरुपयोग १ र सवारी अंगभंगको १ गरि कुल १४९ मुद्धा दर्ता भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रावतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?