थाईल्यान्डले बिहीबार कम्बोडियामा हवाई आक्रमण गरी दुई सैन्य क्षेत्रमा बम प्रहार गरेको छ । थाई सेनाका अनुसार युबोन राचथानीबाट उडेका ६ वटा एफ–१६ लडाकु विमानले बिहानै कम्बोडियालक्षित हमला गरेका हुन् ।
यो आक्रमण कम्बोडियन सेनाले सुरिन प्रान्तस्थित थाई सैन्य शिविरमा गोली प्रहार गरेपछि भएको हो। झडपमा एक थाई सैनिक घाइते भएका छन् भने तीन सर्वसाधारण पनि घाइते भएको जनाइएको छ।
थाई सेनाले कम्बोडियालाई मानव ढालका रूपमा सर्वसाधारण प्रयोग गरेको आरोप लगाएको छ। यसअघि बारुद विस्फोटमा पाँच थाई सैनिक घाइते भएका थिए।
थाई सरकारले क्याम्बोडियन राजदूतलाई निष्कासित गर्दै विवाद समाधानका लागि संयुक्त राष्ट्रसंघ र कूटनीतिक पहल सुरु गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई आक्रमणको जवाफ दिन बाध्य भएको बताएका छन्।





प्रतिक्रिया