दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि दार्चुलामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ । यही साउन २९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि जिल्लाका विभिन्न ५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
एकाइ प्रमुख पन्तका अनुसार जिल्ला विभिन्न ५ विद्यालयमा ६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा ‘क’ र ‘ख’ गरि २ वटा परीक्षा केन्द्र तोकिएको छ ।महेन्द्र नमुना मावि ‘क’केन्द्रमा महाकाली नगरपालिकाका सम्पुर्ण विद्यालयको केन्द्र तोकिएको छ । त्यस्तै महेन्द्र नमुना ‘ख’ केन्द्रमा जिल्लाको दुहुँ र व्याँस गाउँपालिकाका सम्पुर्ण विद्यालय र नौगाड गाउँपालिकाका समौजी माध्यमिक विद्यालय सौकेबगड र जनहित माध्यमिक विद्यालय धुलिगाँडा बाहेकका अन्य सम्पुर्ण विद्यालयको केन्द्र तोकिएको छ । नौगाडका यि दुई विद्यायलको केन्द्र भने शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा निर्धारण गरिएको पन्तले बताउनुभयो ।
यस्तै मालिकार्जुन गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको केन्द्र शंकरपुर माध्यमिक विद्यालय पस्तीमा, लेकम गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको केन्द्र लटिनाथ माध्यमिक विद्यालय चौपातामा, शैल्यशिखर नगरपालिकाका सम्पुर्ण विद्यालय सहित नौगाड गाउँपालिकाका जनहित माध्यमिक विद्यालय धुलिगाडा र समौजी माध्यमिक विद्यालय सौकेबगडको केन्द्र गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा निर्धारण गरिएको छ ।
यस्तै मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सम्पुर्ण विद्यालयको केन्द्र मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा तोकिएको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख पन्तले बताउनुभयो ।
यो वर्ष दार्चुलाबाट १ हजार ३ सय ३३ जना साधारण धार तर्फका र ८३ जना प्राविधिक धार तर्फका गरि ७४ विद्यालयका कुल १ हजार ४ सय १६ जना विद्यार्थीले एसईई ग्रेड वृद्धि परीक्षा दिँदै छन् ।





प्रतिक्रिया