दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गोकुलेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पसको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको स्ववियु अध्यक्ष सुनिल डाँगाले जानकारी दिनुभयो।
स्ववियु अध्यक्ष डाँगाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख परमल सिंह महरा प्रमुख अतिथि रहनुभएको थियो।
क्याम्पसमा सञ्चालित विभिन्न संकाय र सेमेस्टरका सात टिमबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा शिक्षाशास्त्र संकाय अन्तर्गत सातौँ सेमेस्टरको टिम प्रथम भएको स्ववियु अध्यक्ष डाँगाले जानकारी दिनुभयो।
त्यस्तै, शिक्षाशास्त्र संकायको दोस्रो सेमेस्टरको टिम द्वितीय र विज्ञान संकायको पाँचौँ सेमेस्टरको टिम तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया