भारतको दश दिने भ्रमण तालिम सम्पन्न गरेर पालिका प्रमुखहरूको टोली स्वदेश फर्कियो

दार्चुला । दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न स्थानीय तहका प्रमुख/अध्यक्ष सहितको टोली भारत सरकारद्धारा आयोजित सरकारी स्तरको स्थानीय विकास साझेदारी सम्बन्धि १० दिने भ्रमण तालिम सम्पन्न गरेर हिजो (बिहिवार) स्वदेश फर्किएको छ ।

भारतको तेलंङ्गना राज्यको हैदरावादमा जुलाई १३ तारिखबाट २३ तारिख सम्म सञ्चालन भएको स्थानीय विकास साझेदारी सम्बन्धि तालिम तथा स्थलगत अवलोकन भ्रमणमा दार्चुलाका मार्माबाहेक अन्य ८ वटा स्थानीय तहका अध्यक्ष/प्रमुख लगायतको टोली कार्यक्रम सकेर स्वदेश फर्किएको हो । तालिम तथा भ्रमणको क्रममा राजेन्द्रनगर, हैदराबाद, तेलंङ्गना, महाराष्ट, तमिलनाडु राज्यका अत्यन्तै महत्त्वपूर्ण सफल सिकाईहरूको अध्ययन तथा अवलोकन र एक दर्जन बढी स्थानको भ्रमण गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । तालिममा दिगो विकास, बजार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण लगायत विषयमा विषय विज्ञ प्रशिक्षक, कर्मचारी, जनप्रतिनिधि र स्थानीय अगुवा कृषकहरूसंग साक्षात्कार र सिकाइ आदानप्रदान गरिएको उहाँले बताउनुभयो ।

दार्चुलाका ८ वटा स्थानीय तहका प्रमुख र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट तालिममा सहभागी भएका थिए । तालिममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर, शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी लगायतको टोली सहभागी भएर स्वदेश फर्किएको हो ।

तालिममा दार्चुलाका साथै बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न स्थानीय तह प्रमुख/अध्यक्षहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?