जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिममा ‘सर्वोत्कृष्ट’, डिएसपी दाहाल सम्मानित

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुला सर्वोत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालयको रूपमा दार्चुला सर्वोत्कृष्ट घोषित भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले प्रदेका ९ वटै जिल्ला प्रहरी कार्यालयमा ९०.९८ प्रतिशत अंक प्राप्त गर्दै पदेशकै सर्वाेकृत्ष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले गत आर्तिक बर्षको श्रावणदेखि असार मसान्तसम्मका कार्य सम्पादन विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यसम्पादन सम्झौता अनुसार प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्दा प्रदेशका ९ वटा जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय दार्चुलाले ९०.९८ प्रतिशत अंक प्राप्त गर्दै ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ घोषणा भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।

कार्यक्रममा डीआईजी बिकले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहाललाई प्रशंसा–पत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको रावतले बताउनुभयो ।

डीआईजी बिकले दाहालको नेतृत्वमा दार्चुला प्रहरीले देखाएको प्रतिबद्धता, शिस्त, सेवा प्रभावकारिता र जनमैत्री कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गुर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?