दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ को विकट गाउँ रतौडामा बिजुली पुगेको छ । ग्रामीण विद्युतीकरण अन्तरगत विहिबार वडा नम्बर ३ को गोइलाडमा, शुक्रबार खम्तडमा र आइतबार (आज) दुर्गम गाउँ रतौडामा विद्युत ट्रान्सर्फमर चार्ज गरिएको लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता सुरेश सिंह थापाले जानकारी दिनुभयो ।
लेकमकै विकट क्षेत्र मध्येको रतौडामा लामो प्रयासपछि बिजुली पुगेको उहाँले बताउनुभयो । विद्युत ट्रान्सफर्मर चार्ज गरिएसंगै स्थानीयले बिजुली बाल्न पाउने भन्दै खुसी व्यक्त गरेका छन् । गाउँमा बिजुली पुगेपछि खुसी लागेको स्थानीय शिक्षक लिलाधर पन्तले बताउनुभयो ।
ग्रमीण विद्युतिकरण अन्तरगत लेकमका विभिन्न ठाउँमा जडान गरिएका ट्रान्सफर्मर चार्ज गरि सेवा विस्तार गरिएको विद्युत प्रोजेक्ट दार्चुलाका इन्जिनियर मनोज बस्नेतले बताउनुभयो । लेकम गाउँपालिकामा छिटफुट बाहेक अधिकांस क्षेत्रमा विद्युतीकरण भईसकेको उहाँले बताउनुभयो । विद्युत विस्तार हुन बाँकी तथा छुट भएका गाउँघरमा समेत विद्युतिकरणको काम चाँडो गरिदिन स्थानीयले माग गरेका छन् ।





प्रतिक्रिया