पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ को फाइनलमा

दार्चुला । इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेको छ ।

आज हुने तय भएको पहिलो सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो ।

पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको शीर्ष स्थानमा थियो । इन्डियन्स च्याम्पियन्स भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा छ । इन्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो ।

आउँदो शनिवार पर्सि उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेता टिमसँग खेल्ने तालिका छ । दोस्रो सेमिफाइनलमा आजै दक्षिण अफ्रिका च्याम्पियन्स र अस्ट्रेलिया च्याम्पियन्स खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?