दार्चुला । आज सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेलधुरासहित २२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राती दार्चुलाको महाकाली र चमेलीयानदी सहित अन्य खोलामा पनिको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराई भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा तराई भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया