पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय

पाकिस्तानको अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय सुनाएको छ ।

सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पीटीआई) का सदस्यहरूलाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रियसभाका विपक्षी नेता उमर अयुब खान पनि छन् जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ । अदालतको यो निर्णयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पीटीआई’ लाई ठूलो झड्का लागेको खबरमा उल्लेख छ ।

सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए ।

अदालतको फैसलाको विपक्षी नेताहरूले निन्दा गरेका छन् । अदालतको फैसलामा पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?