दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट खसेर घाइते भएका एक पुरूषको सशस्त्र प्रहरीले उद्धार गरेको छ । साउन १६ गते साढे २ बजेको समयमा लेकम गाउँपालिका वडा नम्बर ४ जोगीभराण बस्ने ५५ वर्षीय कृष्णदत्त ओझा बाख्रा चराउने क्रममा भिरबाट खसेर गम्भीर घाइते हुनुभएको हो ।
भिरबाट खसेका ओझाको टाउको र हातमा गम्भीर चोट लागेको भन्ने खबर पाउना साथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) लालीबाट सप्रनी चन्द्रदेव भट्टको कमाण्डमा सात जनाको टोली खट्टी उद्धार गरी स्वास्थ्य चौकी लाली पुर्याएको थियो । स्वास्थ्य चौकी लालीले प्राथमिक उपचारपछि थप उपचारको लागि रिफर गरेको बताइएको छ । घाइते ओझालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको बताइएको छ ।





प्रतिक्रिया