दार्चुला । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु¥याउदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी प्रबत्ता पाण्डेयले बताउनुभयो ।

अहिले किरणको शव भने गोकुलेश्वर अस्पतालमै रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?