लेकममा नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु, सम्मान र उद्घाटन पछि गरिने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरिएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा निर्माण गरिएको पालिका भवनबाट आइतबार (आज) बाट सेवा प्रवाह सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशीले बताउनुभयो ।

भवन उद्घाटनको कार्यक्रम साउन १८ गते (आज) का लागि तय गरिएको भएपनि जग्गादाता उपस्थित हुन नसक्ने भएपछि जग्गादाता सम्मान र उद्घाटन कार्यक्रम पछि गर्ने गरी सेवा प्रवाह थालिएको उहाँले बताउनुभयो । अहिलेसम्म हुनैनाथ मावि रातामाटाको भवनबाट सेवा प्रवाह हुदैआएकोमा अबदेखी पालिकाको आफ्नै नवनिर्मित भवनबाट सेवा पाइने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?