भारतको उत्तरकाशीमा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो,  १ सयभन्दा बढी अझै बेपत्ता

भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ ।

१ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् ।

उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ । स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूका अनुसार करिब २५ वटा होटल बगेका छन् भने धाराली बजारको धेरैभाग पूर्ण रूपमा क्षति भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी हिजो घटनास्थलमा पुगेर उद्धार तथा राहतको अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?