दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारबाट लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका वडा नम्बर ६ शेरी बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।
महरालाइ बिहीवार (आज)इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेका महरालाई जिल्ला पहरी कार्यालय बुझाइएको र म्याद थप गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया