नेपाल १७ वर्षमुनिको एशियन कप २०२६ छनोटको कठिन समूहमा

दार्चुला । नेपाल चीनमा हुने १७ वर्षमुनिको एशियन कप २०२६ छनोटको समूह ‘एफ’मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल कठिन समूहमा रहेको छ ।

यो समूहमा सन् २००३ को पहिलो संस्करणमा तेस्रो भएको थाइल्यान्ड र तुर्केमिस्तान पनि छन् । समूह ‘एफ’का खेलहरु थाइल्यान्डमा हुनेछ । नेपालले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । सहभागी २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो । तीन समूहमा समान चार टोली छन् । अन्य पाँच समूहमा भने समान तीन टोलीलाई राखिएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)का नेपालसँग भारत र बङ्लादेश मात्रै समावेश थिए । भारत समूह ‘जी’ र बङ्गलादेश समूह ‘एच’मा परेका छन् । यसअघि नै मुख्य प्रतियोगितामा साबिक विजेता उत्तर कोरियासँगै उपविजेता जापान, दक्षिण कोरिया र आयोजक चीनले स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?