दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका-५ लेट्ठेकोट निवासी मन्जु नाथलाई गय राती करिब-१ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले आक्रमण गरि गम्भीर घाइते बनाएको छ। आक्रमणमा परी घाईते हुनुभएको नाथको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते नाथको टाउको तथा निधार देखि पछाडी पट्टि एउटा ठूलो घाउ र टाउको पछाडी २ ठाउँमा थप घाउ रहेको तथा १८ ओटा टाका लगाएको अवस्थामा उपचार भइरहेको वडाअध्यक्ष यज्ञराज भट्टले बताउनुभयो । पूर्ण रुपमा घटनाबारे बताउन उहाँ स्वस्थ्य नभएकाले आंशिक जानकारी मात्रै प्राप्त भएको उहाँको भनाइ छ ।
घटनाको सूक्ष्म अध्ययन, अनुसन्धान गरि यस्तो दानबिय, क्रुर तथा अपराधिक घटना घटाउने ब्यक्ति र समूह लाई तत्काल पत्ता लगाई हदै सम्मको कार्वाही गर्न प्रहरी प्रशासन लाई उहाँले अनुरोध गर्नुभएको छ ।





प्रतिक्रिया