बडीमालिकामा लडेर दुई जनाको मृत्यु, सेनाले निकाल्यो शव

दार्चुला । बडीमालिका नगरपालिकास्थित विष्णुपानी क्षेत्रमा भीरमा लडेर मृत्यु भएका दुई जना तीर्थयात्रीको शव नेपाली सेनाले निकालेको छ । २०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भिरबाट लगेर घटनास्थलमै मृत्यु भएको हो ।

दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अड्किएका थिए। भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले शव तत्काल निकाल्न नसकेपछि नेपाली सेना खटिएको थियो । सेनाको उद्धार टोलीले स्थानीय र नेपाल प्रहरीको सहकार्यमा शनिबार साँझ शव निकाल्न सफल भएको ईश्वरीबक्स गुल्मका गुल्म पति कृष्ण तिमिलसेनाले जानकारी दिनुभयो ।

सेनाले उद्धारपछि मृतकको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?