दार्चुला । दार्चुलाको लेकम घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् । लेकम गाउँपालिका वडा नम्बर २ गराडीका २२ वर्षीय प्रकाश सिंह धामी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराले जानकारी दिनुभयो ।
हजुर आमा र श्रीमती संग भुजेलामा बस्दै आएका धामी साउन २४ गते देखि सम्पर्क विहिन रहेको र खोज्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताउनुभयो ।





प्रतिक्रिया