दार्चुला । लगातारको वर्षाले दार्चुलामा एक घर भत्किएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ पन्तपाली खोज्यागैरका गंगासिंह धामीको तीन तले ढुङ्गाको कच्ची घर भत्किएको वडा अध्यक्ष बहादुर चन्दले बताउनुभयो ।
घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । आइतबार साँझ देखि भइरहेको वर्षाका कारण सोमबार दिउँसो घरको एक भित्ता पुर्ण रुपमा भत्किएको उहाँले बताउनुभयो । अहिले जोलजिविबाट प्रहरी टोली घटना स्थलतर्फ गइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया