मनकारी एसपी: जन्मदिनमा वृक्षरोपण, विद्यार्थी र बिरामीलाई सहयोग देखि विश्राम गृह उद्घाटन

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति तथा एसपी देवराज जोशीले जन्मदिनको अवसरमा विभिन्न परोपकारी काम गरेका छन् ।

एसपी जोशीले जन्मदिनको अवसरमा महाकाली लोकमार्गको पनेबाँज-गोकुलेश्वर सडकमा सात वटा पीपल, तीन वटा पय्यूँ, तीन वटा अमलाको विरूवा रोपण गर्नुभएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ८ काँकडामा नन्दगङ्गा यात्रु विश्राम गृहको उद्घाटन गर्नुभएको छ ।

यस्तै जिल्ला अस्पताल गल्फैमा १५ जना बिरामीलाई फलफूल र जुस वितरण गर्नुका साथै महेन्द्र मावि खलंगाको छात्रबासमा २० जना विद्यार्थीहरूलाई आवश्यक सामग्री तथा मिष्ठान्न भोजन वितरण गरिएको छ । जन्मदिनमा परोपकारी काम गरेको भन्दै एसपी जोशीको प्रशंसा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?