दार्चुला। दार्चुलाबाट प्रहरीले वन लसुन सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी बस्ने ३१ वर्षीया धाना धामी वन लसुनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छज्ञबहादुर रावतले जानकारी दिनुभयो ।
भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा सदरमुकाम खलङ्गा स्थित नेपाल–भारत जोड्ने पुलबाट सोमबार बेलुकी प्रहरीले पाँच किलोग्राम वन लसुनसहित धामीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
सङ्कलन पुर्जी बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुन सहित महिलालाई पक्राउ गरि डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने प्रहरी निरीक्षक रावतले बताउनुभयो ।।





प्रतिक्रिया