अछाममा सर्पको टोकाईबाट एकजनाको मृत्यु

दार्चुला । अछाममा सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–१ का १५ वर्षीय कमल शाहीको सर्पको टोकाईबाट मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार दिउँसोको समयमा कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए। सोही क्रममा उनलाई विषालु सर्पले टोकेको थियो।

सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको अवस्था गम्भीर बन्न पुगेको र केही समयमै मृत्यु भएको उनको परिवारले जनाएको छ।

मृतक शाही स्थानीय बिन्द्रासैनी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?