दार्चुला । दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।
मंगलबार (आज) दिउँसो जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ करकलेबाट बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ७ घर भएका भानसिंह ऐरी चितुवाको छालासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ऐरीलाई १ थान चितुवाको छालासहित पक्राउ गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया