प्रधानमन्त्रीको आयोगलाई निर्देशन: सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस्

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन निर्देशन दिनुभएको हो । यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन। काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्ने बताउनुभयो । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा आवश्यक कानुन संशोधन गर्ने बताउनुभयो। ‘मुलुकको विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ। हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के-के भेला पारेर सरकार बनाउने पक्षमा छैनौं। यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन,प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?