दार्चुलामा एसईई ग्रेड वृद्धि परीक्षाको तयारी पुरा, १ हजार २८२  विद्यार्थी सहभागी हुँदै

दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाको लागि दार्चुलामा पनि तयारी पुरा भएको छ। भोली देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि जिल्लामा सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो ।

यो बर्षको एसईई ग्रेड वृद्धि परीक्षामा ६ सय ७४ छात्रा र ६ सय ८ छात्रा गरि १ हजार २ सय ८२ जनाले फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मि दत्त जोशीले बताउनुभयो ।

ग्रेड वृद्धि परीक्षाको लागि जिल्ला भरि ६ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । एकाइ प्रमुख पन्तका अनुसार जिल्ला विभिन्न ५ विद्यालयमा ६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा ‘क’ र ‘ख’ गरि २ वटा परीक्षा केन्द्र तोकिएको छ ।महेन्द्र नमुना मावि ‘क’केन्द्रमा महाकाली नगरपालिकाका सम्पुर्ण विद्यालयको केन्द्र तोकिएको छ ।

त्यस्तै महेन्द्र नमुना ‘ख’ केन्द्रमा जिल्लाको दुहुँ र व्याँस गाउँपालिकाका सम्पुर्ण विद्यालय र नौगाड गाउँपालिकाका समौजी माध्यमिक विद्यालय सौकेबगड र जनहित माध्यमिक विद्यालय धुलिगाँडा बाहेकका अन्य सम्पुर्ण विद्यालयको केन्द्र तोकिएको छ । नौगाडका यि दुई विद्यायलको केन्द्र भने शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा निर्धारण गरिएको पन्तले बताउनुभयो ।

यस्तै मालिकार्जुन गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको केन्द्र शंकरपुर माध्यमिक विद्यालय पस्तीमा, लेकम गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको केन्द्र लटिनाथ माध्यमिक विद्यालय चौपातामा, शैल्यशिखर नगरपालिकाका सम्पुर्ण विद्यालयसहित नौगाड गाउँपालिकाका जनहित माध्यमिक विद्यालय धुलिगाडा र समौजी माध्यमिक विद्यालय सौकेबगडको केन्द्र गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा निर्धारण गरिएको छ ।

यस्तै मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सम्पुर्ण विद्यालयको केन्द्र मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा तोकिएको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख पन्तले बताउनुभयो । परीक्षा भोली देखि भदौ ६ गते सम्म सञ्चालन हुँदै छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?