बैतडीको सुर्नया–७ मा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

दार्चुला । बैतडीको भञ्ज्याङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

गएराति ९ बजेतिर सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लाबाट बझाङका लागि छुटेका गाडीहरु र बझाङबाट विभिन्न जिल्लाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा २० भन्दा बढी गाडी उक्त ठाउँमा रोकिएका जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको तर लगातारको बर्षाले समस्या भइरहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालयको जेसीबीले पहिरो पन्छ्याउने कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?