दार्चुला । सुदूरपश्चिममा भोलि (आइतबार) सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभर आइतबार सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिमका पहाडी समुदायले भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिएको छ । ओल्के पर्वपछि अरु चाडपर्व शुरु हुने गर्दछन् ।





प्रतिक्रिया