टप एन्ड टी-२० : मल्लको अर्धशतकका बाबजुद नेपालको दोस्रो हार

दार्चुला । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो ।

जितका लागि १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन ।

मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो । नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?