बैतडीको विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवर मृत फेला

दार्चुला । बैतडीमा एक जना अनमी मृत फेला परेकी छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर १० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी हुन् ।

पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर कुँवर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमामा कार्यरत रहेको बताइएको छ । उनी गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराले बताउनुभयो ।

आफ्नै कोठामा अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?