दार्चुला उद्योग बाणिज्य संघमा भदौँ ५ देखी ७ गतेसम्म राजश्व तथा कर सम्बन्धि सेवा दिइने

दार्चुला । दार्चुला उद्योग बाणिज्य संघको कार्यालयबाट आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले भदौँ ५ गतेदेखी ७ गतेसम्म कर तथा राजश्व सम्बन्धि सेवा दिने भएको छ । उद्योग बाणिज्य संघ दार्चुलाको अनुरोधमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराबाट टुरमुकाम टोली भदौ ४ गते खलंगा पुगेर ५ देखी ७ गतेसम्म करसम्बन्धि विभिन्न सेवा दिन लागेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो ।

आन्तरिक राजश्व कार्यालयको टोलीले व्यवसाय दर्ता गर्ने, बन्द गर्ने, नवीकरण तथा करचुक्ता लगायत करसंग सम्बन्धित विभिन्न काम गर्ने भएकोले सेवा लिनुहुन दार्चुला जिल्लाभरीका सबै उद्योगी, व्यवसायीहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । व्यवसायीले करचुक्ता वा व्यवसाय दर्ताका लागि डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग बाणिज्य संघले हरेक वर्ष टुरमुकाम टोली बोलाएर सेवा दिदै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?