किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ घाइते

दार्चुला । मकवापनुरमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो । पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो ४ः२० बजेको समयमा परेको चट्याङ लागेर मनहरी गाउँपालिका ६ हाङलाङकी १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ती नगरपालिका ११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मनहरी अस्पताल मकवानपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?