दार्चुला । सुदूरपश्चिम प्रदेशमा भदौ ८ गते आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउन २५ गते आइतबारका लागि निर्धारण गरेको सार्वजनिक विदा भदौ ८ गते आइतबार कायम गरिएको जानकारी गराएको छ ।
सुदूरपश्चिम प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने गरी २०८२ साउन २५ गते आइतबारका लागि निर्धारण गरिएको अटवारी पर्व सम्बन्धि विदा प्रदेश सरकार मन्त्रिपरिषदको साउन १९ गतेको निर्णय अनुसार भदौ ८ गते आइतबार कायम गरिएको सूचनामा उल्लेख गरिएको छ । अटवारी पर्वको अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक विदा हुने प्रदेश राजपत्रमा उल्लेख छ ।





प्रतिक्रिया