दार्चुला । दार्चुलामा भालुको आक्रमणबाट ६० वर्षीया एक महिला गम्भीर घाइते हुनुभएको छ। जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ मा जङ्गली भालुको आक्रमणबाट पिपलचौरीकी ६० वर्षीया भुरीदेवी महरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
शुक्रबार (आज) दिउँसो घर नजिकैको रुखमा स्याउला काटेर रुखबाट ओर्लने क्रममा उहाँमाथि भालुले आक्रमण गरेको रावतले बताउनुभयो ।
भालुको आक्रमणबाट महराको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइते महरालाई उद्धार गरि उपचारको लागि जिल्ला सदरमुकाम पठाइएको छ।





प्रतिक्रिया