दार्चुला । दार्चुलाको जिल्ला सभा खलंगामा जारी छ । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा खलंगाको गल्फैस्थित होटेल बैशेकमा जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो ।
जिल्ला समन्वय समितिको आयोजनामा वार्षिक समिक्षा कार्यक्रम भइरहेको जिल्ला समन्वय अधिकारी गणेश पालले बताउनुभयो । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडू कस्यपको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेको हो । आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन हुने बैठकमा प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, अधिकृत सहित सरोकारवालाहरुको सहभागिता रहेको छ।





प्रतिक्रिया