दार्चुलाको महाकाली नगरकार्यपालिका सदस्य चुनाराको निधन, सोमबार नगरभरी शोक विदा

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका, नगरकार्यपालिका सदस्य जगतसिंह चुनाराको निधन भएको छ । महाकाली नगरपालिका वडा नम्बर ९ घर भएका चुनाराको आइतबार (आज) मृत्यु भएको हो ।

नगरकार्यपालिका सदस्य चुनाराको असामयिक निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध भएको छ, नगरप्रमुख नरसिंह चैसीरले भन्नुभयो, मृत आत्माको वैकुण्ठ बाँसको कामना सहित हार्दिक श्रद्धान्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।

साथै शोकको यस घडीमा नगरकार्यपालिकाको तर्फबाट शोक प्रस्ताव पारित गर्दै मिति २०८२ भाद्र ९ गतेका दिन महाकाली नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय/निकायहरुमा अति आवश्यकीय सेवाबाहेक सार्वजनिक विदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो । मृतक चुनाराको आजै अन्तेष्टी गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?