अपिहिमालमा नागरिकता र राष्ट्रिय परिचयपत्रको शिविर, ८२ वर्षीया धामीलाई नागरिकता प्रदान

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नागरिकता प्रमाणपत्र प्रतिलिपी वितरण र राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण शिविर सुरु भएको छ। गाउँपालिकाको समन्वय तथा आयोजनामा जिल्ला प्रशासन कार्यालयद्वारा उक्त शिविर सञ्चालन भइरहेको हो।

मंगलबार (आज) देखि भदौ १६ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा जेष्ठ नागरिक, अशक्त तथा असहायहरूका लागि नागरिकता प्रतिलिपि वितरण र राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभयो । घुम्ती शिविरको पहिलो दिन अपिहसमाल गाउँपालिका वडा नम्बर ५ का ८२ वर्षीया उदारी धामीलाई नागरिकता प्रतिलिपि उपलब्ध गराइ सुभारम्भ गरिएको उहाँले बताउनुभयो । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर ठेकरे बोहरा लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीयको उपस्थितिमा सेवा शुभारम्भ गरिएको बताइएको छ।

जनशक्ति अभाव हुदाहुदै पनि तीजको समयमा समेत अपिहिमाल जस्तो दुर्गम दुरदराजमा रहेका अशक्त, असहाय, ज्येष्ठ नागरिकका साथै एकल तथा एकवर्ष भन्दा कम उमेरका शिशुहरु भएका आमाहरुको लागि नागरिकता प्रतिलिपि र राष्ट्रिय परिचयपत्र सेवा सहायक प्रजिअ धामीको नेतृत्वमा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासन कार्यालयले विभिन्न स्थानीय तहको समन्वयमा वडाहरूमै पुगेर नागरिकता प्रतिलिपी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?