दार्चुला । दार्चुलाका पूर्व सांसद तथा नेपाल सरकारका पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरले दार्चुला जिल्ला अस्पतालको अनुगमन गर्नुभएको छ।
बुधबार (आज) पूर्वमन्त्री ठगुन्ना र मेयर चैसीरले जिल्ला अस्पतालको अनुगमन गरी उपलब्ध सेवा-सुविधाबारे जानकारी लिनुभएको हो । अस्पतालका प्रमुख डाक्टर र स्वास्थ्यकर्मीले सेवा र समस्या तथा आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
आवश्यक स्वास्थ्य सामग्रीहरूको उपलब्धता, सेवा प्रवाहमा देखिएका चुनौती र अस्पताल भवनको निर्माणबारे जानकारी लिनुका साथै अस्पतालको समग्र विकासका विषयमा छलफल भएको नगरप्रमुख चैसीरले बताउनुभयो ।
अस्पताल भवन चाडो निर्माण गर्न अनुरोध गर्नुका साथै सेवा सुधारका लागि आवश्यक पहल र सिफारिस गर्ने प्रतिबद्धता जनाइएको उहाँले बताउनुभयो।





प्रतिक्रिया